८ आश्विन २०८३, बिहीबार

श्रीमतीको हत्या आरोपमा काठमाडौंबाट एक जना पक्राउ

234

काठमाडौं: काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोकमा डेरा गरी बस्ने ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पालाई आफ्नै श्रीमती ४० वर्षीया बिमला तामाङ भनिने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। शेर्पा संखुवासभा खाँदबारी नगरपालिका-६ घर भएका हुन्।

प्रहरीका अनुसार, आइतबार दिउँसो अप्सरा कार्की आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा पति तेन्जिङ शेर्पा र श्रीमती अप्सरा कार्कीबीच वादविवाद भई झगडा भएको र सोही क्रममा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुलेको छ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.