पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
काठमाडौं, असोज २६ – नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
भेपमार्फत सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मात्रै महरासँग बयान लिएको थियो। उक्त प्रकरणमा सीआईबीले यसअघि मुद्दा नचलाई राखेको थियो।
०७९ पुस १० गते चीनिया नागरिक लि हानसोङले भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा महराको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो।