८ आश्विन २०८३, बिहीबार

बालेन र सुदनविरुद्ध नेविसंघको जाहेरी

261

काठमाडौं, असोज २६ – नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ।

जेनजी आन्दोलनमा घुसपैठ गराई विद्यार्थीलाई विद्यालय पोसाकमै उक्साएको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोप लगाउँदै नेविसंघले काठमाडौं र ललितपुर प्रहरी परिसरमा जाहेरी दर्ता गराएको हो।

नेविसंघका मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले जाहेरी दिएका हुन्। उनीहरूले २४ घण्टाभित्र पक्राउ गर्न माग गरेका छन्। यसअघि एमाले निकट अखिलले पनि उनीहरूविरुद्ध जाहेरी दिएको थियो।

Author

Leave A Reply

Your email address will not be published.