काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन्। मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेकी थिइन्।
भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचन र समसामयिक विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।