१० आश्विन २०८३, शनिबार

बाँकेमा स्रोत नखुलेको ७ लाख ६६ हजारसहित तीन जना पक्राउ

216

२०८२ भदौ ३० गते सोमबार, काठमाडौं।

बाँकेको कोहलपुर नगरपालिका–२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको ७ लाख ६६ हजार रुपैयाँसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोका २६ वर्षीय ऋषिकेश मिश्र रहेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई आइतबार बेलुकी नियन्त्रणमा लिएको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.