११ आश्विन २०८३, आईतवार

प्रहरीद्वारा प्रदर्शनका क्रममा भएका घटनाका प्रमाण संकलनका लागि सार्वजनिक अपिल

360

२०८२ भदौ २७ गते शुक्रबार, काठमाडौं।

नेपाल प्रहरीले भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट र आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य गतिविधिहरूसँग सम्बन्धित प्रमाण संकलनका लागि सार्वजनिक अपिल गरेको छ।

प्रहरीले एक सूचना जारी गर्दै ती घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू भए nepalpoliceinfo@gmail.com मा पठाएर सहयोग गर्न अनुरोध गरेको छ। सूचनामा जानकारी उपलब्ध गराउने व्यक्तिको गोपनीयता कायम राखिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

हालैका दिनमा भएका प्रदर्शनहरूका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिको क्षति, आगजनी र तोडफोडका घटनाहरू सार्वजनिक भएका थिए। प्रहरीले यी घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही अगाडि बढाउनका लागि सर्वसाधारणको सहयोग मागेको हो। यसले अपराध अनुसन्धानमा थप सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ।

Author

Leave A Reply

Your email address will not be published.