१० आश्विन २०८३, शनिबार

५ सूत्रीय मागसहित, जेनजी युवाको सत्याग्रह सुरु

315

भदौ २६, २०८२ बिहीबार, काठमाडौं।

जेनजी समूहका दुई युवाले पाँचवटा मागसहित काठमाडौंको रत्नपार्कमा सत्याग्रह सुरु गरेका छन्। हालैको राजनीतिक अस्थिरता र सरकार गठनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै, उनीहरूले राष्ट्रपतिलाई यथाशिघ्र समस्या समाधान गर्न आग्रह गरेका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा सरकार निर्माणमा ढिला हुदै गएकोले यथासिघ्र रास्ट्रपतिले देशबासीको नाममा सम्बोधन गर्न्नुपर्ने, आन्दोलनमा ज्यान गुमाएका साथीहरुको मृत शरिर सम्बन्धित परिवारलाई बुझाउनु पर्ने, अहिले भएको बिदेशी हस्तक्षेपलाई हटाउनु पर्ने लगाएतका मागहरु राखेर जेनजी युवा विनोदराज जोशी र स्मृति बढालले सत्याग्रह सुरु गरेका छन्।

यसअघि, भदौ २३ गते जेनजी समूहले काठमाडौंसहित देशका प्रमुख शहरहरूमा शान्तिपूर्ण प्रदर्शन गरेका थिए। तर उक्त प्रदर्शनमा सुरक्षा निकायको हस्तक्षेपले हिंसात्मक रूप लिँदा दुई दर्जनभन्दा बढी युवाले ज्यान गुमाएका थिए।

त्यसको विरोधमा भोलिपल्ट देशभर प्रदर्शन चर्किएको थियो। राजधानीलगायतका प्रमुख शहरहरूमा प्रशासनिक भवनहरू, नेताहरूका निवास र निजी व्यवसायिक प्रतिष्ठानहरूमा तोडफोड तथा आगजनी भएको थियो।

प्रदर्शनले चर्किंदै जाँदा राजनीतिक दबाब बढेको र त्यसैका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो।

Author

Leave A Reply

Your email address will not be published.