११ आश्विन २०८३, आईतवार

विमानस्थल वरपर चंगा, ड्रोन, बेलुन उडाउन रोक

235

२०८२ भदौ १९ गते बिहिबार, काठमाडौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थल वरपर चंगा, ड्रोन, बेलुन तथा लेजर लाईटको प्रयोगमा रोक लगाएको छ।

कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा यस्ता वस्तुले हवाईजहाजको सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले रोक लगाइएको उल्लेख गरिएको छ।

“विमानस्थल क्षेत्र अत्यन्त संवेदनशील हावाई क्षेत्र भएकाले चंगा, ड्रोन, बेलुन वा यस प्रकारका वस्तु उडाउन पूर्णतः निषेध गरिएको छ,” सूचनामा भनिएको छ।

कार्यालयले यस्ता गतिविधि गर्ने व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ। साथै, यात्रु र सरोकारवालालाई विमान सुरक्षा प्राथमिकता भएको कारण सम्पूर्ण सहयोग गर्न अनुरोध गरिएको छ।

हेर्नुस सूचना:

 

Author

Leave A Reply

Your email address will not be published.