११ आश्विन २०८३, आईतवार

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी

208

२०८२ भाद्र १५ गते आइतबार, थियानजिन (चीन)।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको क्रममा राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी मुलुकका लागि विशेष रुपमा आयोजना गरिएको उक्त स्वागत समारोहमा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट उपस्थिति जनाउनुभएको हो ।

कार्यक्रममा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूबीच आपसी मित्रता, सहयोग र क्षेत्रीय साझेदारी सुदृढ गर्ने विषयमा अनौपचारिक भेटघाटसमेत भएको जनाइएको छ ।

 

*तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय*

Author

Leave A Reply

Your email address will not be published.