ट्राफिक प्रहरीका लागि १५४औं समूहको विशेष तालिम सुरु, ५६ जना सहभागी
२०८२ भदौ ०८ गते आईतबार, काठमाडौं।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी र सहज बनाउने उद्देश्यले ५६ जना प्रहरी कर्मचारीहरूका लागि १५४औं समूहको ‘ट्राफिक नियन्त्रण तालिम’ सुरु भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजको तत्वावधानमा सञ्चालित उक्त तालिमको आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।
तालिमको उद्घाटन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिपक गिरीले प्रशिक्षणको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले प्रशिक्षार्थीहरूलाई तालिम अवधिभर उत्सुक, जागरूक र अनुशासित भई सक्रियतापूर्वक ज्ञान र सीप हासिल गर्न निर्देशन दिनुभयो। एसपी गिरीले तालिमबाट सिकेका कुराहरूलाई कार्यक्षेत्रमा इमानदारीपूर्वक लागू गरी आम नागरिकलाई सहज र सुरक्षित यात्राको प्रत्याभूति दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा तालिम संयोजक तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव कुमार न्यौपानेले तालिमसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार, ४५ कार्यदिनसम्म चल्ने यस तालिममा १३ जना प्रहरी सहायक हवल्दार र ४३ जना प्रहरी जवान गरी कुल ५६ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।