१२ आश्विन २०८३, सोमबार

पहिलो महिला प्रहरी सम्मेलन सम्पन्न, घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता

251

२०८२ भाद्र ०६ गते शुक्रबार, काठमाडौं।

‘साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मूल नाराका साथ आयोजित दुई दिवसीय ‘प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ शुक्रबार सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समापन समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले सम्मेलनका निष्कर्ष र घोषणापत्रलाई आगामी नीति निर्माण र संस्थागत सुधारका लागि मार्गदर्शक सिद्धान्त बनाइने बताउनुभयो। उहाँले महिला प्रहरीको क्षमता विकास र वृत्तिविकासमा गृह मन्त्रालयले सधैं अभिभावकीय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सम्मेलनबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै यस सम्मेलनले प्रहरी सेवालाई समावेशी र जनमुखी बनाउन कोशेढुंगा सावित भएको बताउनुभयो।
समारोहमा उत्कृष्ट महिला प्रहरी कर्मचारी तथा सहयोगी संस्थाहरूलाई सम्मान गरिएको थियो भने सम्मेलनबाट पारित घोषणापत्रसमेत प्रस्तुत गरिएको थियो।

Author

Leave A Reply

Your email address will not be published.