१२ आश्विन २०८३, सोमबार

तारकेश्वरमा श्रीमतीको हत्या, करूवाले प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ

199

२०८२ भाद्र ०५ गते बिहिबार, काठमाडौं।

काठमाडौंको तारकेश्वर नगरपालिकामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। तारकेश्वर नगरपालिका-१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई ३५ वर्षीया श्रीमती सर्मिला मग्रातीको हत्या गरेको अभियोगमा प्रहरीले बुधबार राति पक्राउ गरेको हो।

प्रहरीका अनुसार, भिमसेनले घरायसी विवादका क्रममा सर्मिलालाई करूवाले प्रहार गरी गम्भीर घाइते बनाएका थिए, जसका कारण उनको मृत्यु भएको हो। घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले तत्काल घटनास्थल पुगी भिमसेनलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका भिमसेनलाई हिरासतमा राखी घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.