१२ आश्विन २०८३, सोमबार

महिला प्रहरीको सशक्त भूमिकामा जोड दिँदै प्रथम सम्मेलन सुरु

221

२०८२ भाद्र ०५ गते बिहिबार, काठमाडौं।

‘साझा जिम्मेवारी समान प्रतिबद्धता : प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने नाराका साथ नेपाल प्रहरीको इतिहासमा पहिलो पटक दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” बिहीबारदेखि सुरु भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक विशेष समारोहमा गृहमन्त्री रमेश लेखकले सम्मेलनको शुभारम्भ गर्नुभयो।

कार्यक्रममा गृहमन्त्री लेखकले प्रहरी संगठनमा योगदान पुर्‍याएका प्रथम महिला प्रहरी चैतमाया डंगोल लगायत अवकाश प्राप्त तथा बहालवाला महिला प्रहरीहरूलाई सम्मान गर्नुभएको थियो। उहाँले समाजमा महिलाविरुद्ध हुने अपराध न्यूनीकरणमा महिला प्रहरीको भूमिका प्रभावकारी हुने बताउँदै उनीहरूको सशक्तिकरण र अवसरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले यो सम्मेलन ऐतिहासिक भएको र यसले महिला प्रहरीको गुणात्मक र नेतृत्वदायी सहभागिता बढाउन कोसेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो।

लैङ्गिक समानता र न्यायलाई मूलप्रवाहमा ल्याउने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा महिला प्रहरीको इतिहास र नेपाल प्रहरीको लैङ्गिक नीति, २०८१ सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो।

Author

Leave A Reply

Your email address will not be published.