सप्तरीमा स्रोत नखुलेको २० लाखभन्दा बढी नगदसहित दुई युवक पक्राउ
२०८२ साउन ३० गते शुक्रबार, काठमाडौं।
सप्तकोशी नगरपालिका–४ तुलसीचोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमी गाउँपालिका–३ का २१ वर्षीय जिवन लम्जेल र सोही गाउँपालिका–१ का २८ वर्षीय आएन राई रहेका छन्।
प्रहरीका अनुसार बिहीबार साँझ प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को.३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी नियन्त्रणमा लिएको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।