१२ आश्विन २०८३, सोमबार

आईतबार सार्वजनिक बिदा

390

२०८२ साउन ३० गते शुक्रबार, काठमाडौं।

नमोबुद्ध नगरपालिकाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आउँदो भदौ १ गते आइतबारका दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको श्रीकृष्ण रथ यात्रा र जात्रा/मेलालाई संरक्षण तथा प्रवर्द्धन गर्न बिदा दिने निर्णय गरिएको जनाएको छ। यो पर्व नगरपालिका क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको छ।

नगर कार्यपालिकाको निर्णयअनुसार, भदौ १ गतेका दिन नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै कार्यालयहरू तथा नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ।
यो निर्णयले स्थानीय बासिन्दालाई पर्व भव्यताका साथ मनाउन सहज हुने नगरपालिकाले विश्वास लिएको छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.