१२ आश्विन २०८३, सोमबार

बीपी राजमार्गको काभ्रे खण्डमा १५ दिन रात्रिकालीन सवारी निषेध

364

२०८२ साउन ३० गते शुक्रबार, काठमाडौं।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको एक महत्त्वपूर्ण खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

साउन ३० गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयानुसार, भाद्र १ गतेदेखि १५ गतेसम्म दैनिक १२ घण्टा राजमार्गमा सवारी आवतजावत बन्द गरिने भएको हो। प्रशासनद्वारा जारी सूचनाअनुसार, बीपी राजमार्गअन्तर्गत पर्ने काभ्रेभञ्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फ जाने सडक खण्डमा हरेक दिन साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

हाल देशैभरि मनसुन सक्रिय रहेकाले जुनसुकै बेला भारी वर्षाका कारण बाढी, पहिरो जस्ता विपद्जन्य घटना हुनसक्ने र त्यसबाट यात्रुको सुरक्षामा जोखिम निम्तिन सक्ने भन्दै जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ।

प्रशासनले उक्त समयावधिमा राजमार्ग प्रयोग गर्ने सबैलाई सोहीअनुसार आफ्नो यात्रा योजना बनाउन र वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.