काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ, नगद र तास बरामद
२०८२ साउन २७ गते मंगलबार, काठमाडौं।
काठमाडौंको तारकेश्वर नगरपालिका-२, ढकालटारबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट ताडी गाउँपालिका-१ घर भई हाल सोही ठाउँ बस्ने ३२ वर्षीय विशाल तामाङ लगायत ५ जना रहेका छन्।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई सोमबार साँझ पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट नगद २८ हजार २ सय रूपैयाँ र एक बुक तास बरामद गरेको छ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ।