१२ आश्विन २०८३, सोमबार

सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरेको आरोपमा दुई युवक पक्राउ

281

२०८२ साउन २५ गते आइतबार, काठमाडौं।

नेपाल प्रहरीको साइबर ब्यूरोले सफ्टवेयर कम्पनीको कम्प्युटर स्रोत संकेत (Source Code) चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना सफ्टवेयर इन्जिनियर र अर्का आईटी पेशामा संलग्न युवक रहेका छन्।

ब्यूरोका अनुसार, पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-५ घर भई हाल काठमाडौंको बालाजु बस्ने २६ वर्षीय सुजन कुमार महतो र धादिङको ज्वालामूखी गाउँपालिका-४ घर भई ललितपुरको धोबीघाट बस्ने २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन्। उनीहरूलाई ब्यूरोको टोलीले बिहीबार काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार, उनीहरूले एक प्रतिष्ठित सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ मा अनाधिकृत रूपमा पहुँच पुर्‍याई चोरी गरेका थिए। पीडित कम्पनीको बौद्धिक सम्पत्तिमा नोक्सान पुर्‍याउने मनसायले उक्त कार्य गरेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ब्यूरोले जानकारी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.