वीरगंजबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ
२०८२ साउन १९ गते सोमबार, काठमाडौं।
पर्साको वीरगंजबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-१६, इनर्वा गाउँका ४० वर्षीय साहेव खाँलाई प्रहरीले आइतबार साँझ अवैध हतियारसहित नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले खाँलाई उक्त पेस्तोलसहित फेला पारेपछि पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।