१३ आश्विन २०८३, मंगलवार

गोसाइकुण्डमा डुबेर बेपत्ता दुई युवकको शव फेला

215

२०८२ साउन १२ गते, सोमबार, काठमाण्डौ।

रसुवाको पवित्र तीर्थस्थल गोसाइकुण्डमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ। आइतबार दिउँसो स्नान गर्ने क्रममा तालमा डुबेका उनीहरूको शव सोमबार उद्धार टोलीले फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार, मोरङको बेलबारी निवासी २६ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकालको आइतबार दिउँसो करिब ४ बजे तालमा स्नान तथा दर्शन गर्ने क्रममा बेपत्ता भएका थिए ।

बेपत्ता भएका दुवै युवकको लामो प्रयासपछि सोमबार शव तालबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको हो।

Author

Leave A Reply

Your email address will not be published.