१४ आश्विन २०८३, बुधबार

वीरेन्द्रनगरमा काठ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

195

२०८२ साउन ११ गते आईतबार, काठमाडौं।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर नगरपालिका-१३, सुगर खोलाका ४२ वर्षीय दानसिंह ठाडा मगरले ४० वर्षीया श्रीमती रबिना ठाडा मगरको काठ प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति दानसिंहले श्रीमती रबिनामाथि काठले निर्मम प्रहार गरेका थिए । काठको प्रहारबाट गम्भीर चोट लागेकी रबिनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको कारणबारे खुल्न नसके पनि घरेलु विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

श्रीमतीको हत्या भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोलाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले हत्यामा संलग्न दानसिंहलाई राति नै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दानसिंहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण र हत्याको खास कारणबारे अनुसन्धानपछि खुल्ने प्रहरीको भनाइ छ ।

Author

Leave A Reply

Your email address will not be published.