१३ आश्विन २०८३, मंगलवार

जग्गाको विवादमा छोराले गरे बुबाको छुरा प्रहार गरी हत्या

197

२०८२ साउन ०७ गते बुधबार, काठमाडौं।

सुनसरीको देवानगञ्ज गाउँपालिकामा एक छोराले आफ्नै बुबाको हत्या गरेका छन्। जग्गाको विषयमा भएको विवाद चर्किएपछि ४० वर्षीय मोहम्मद रियाज अन्सारीले आफ्ना ६० वर्षीय बुबा सबिब अन्सारीको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, देवानगञ्ज गाउँपालिका–३ बस्ने मोहम्मद रियाज र उनका बुबा सबिबबीच बुधबार बिहान जग्गाको विषयमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा आक्रोशित बनेका रियाजले बुबामाथि छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए।

घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी, मोतिटप्पुबाट खटिएको प्रहरी टोलीले आरोपी रियाजलाई तत्काल पक्राउ गरेको थियो। छुरा प्रहारबाट गम्भीर घाइते भएका सबिबलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

पक्राउ परेका रियाजलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.