८ बैशाख २०८३, मंगलवार

‘बलिदान’ फिल्मका लागि भारतबाट ल्याइयो ४२ फिट अग्लो देवी कालीको मूर्ति

133

निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो नयाँ फिल्म ‘बलिदान’लाई ठूलो क्यानभासमा तयार पारिरहेका छन् । सेट निर्माण करोडौं खर्च गरिएको छ । फिल्मको क्लाइमेक्स खिच्न ४२ फिट अग्लो हिन्दू देवी कालीको मूर्ति समेत तयार पारिएको छ । फिल्मको कथाअनुरूप विनाशकी देवी कालीमाताको चण्डी स्वरूपलाई दर्शाउने मूर्ति भारतस्थित कलकत्ताबाट ल्याइएको हो ।

निर्देशक सेनले नेपालमा उपयुक्त मूर्ति नभेटेपछि कलकत्ता गएर त्यहाँका कालिगडहरूसँग मिलेर मूर्ति तयार गरिएको बताए । ‘फिल्मका लागि हामीलाई एउटा विशाल कालीमाताको मूर्ति चाहिएको थियो । नेपालमा हामीले आफ्नो चाहनाअनुसारको मूर्ति पाएनौँ । अन्ततः हामी भारतको कलकत्ता पुग्यौँ । त्यहाँका कालिगडहरूसँग मिलेर मूर्ति निर्माण गर्‍यौँ,’ सेनले भने ।

फिल्ममा भारतीय एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरेर एक्सन सिनको डिजाइन गरेको छ । ‘बलिदान’को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित छ । यसमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, सन्तोष सेनलगायतको अभिनय छ ।

Author

Leave A Reply

Your email address will not be published.