४ बैशाख २०८३, शुक्रबार

आजदेखि धरहरा खुला निः शुल्क चढ्न पाइने

122


सरकारले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्ने व्यवस्था मिलाएको छ। केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाध अधिकारीका अनुसार बिहीबारदेखि प्रत्येक दिन ६ सय जनाले निःशुल्क धरहरा चढ्न पाउनेछन्। ६ सयमा एक सय कोटा अपांगता भएका तथा वृद्धृवृद्धाका लागि छुट्याइएको छ। प्रत्येक एक घण्टामा सय जनाले धरहरा चढ्नेगरी व्यवस्था मिलाइएको छ।

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले धरहरा डट कम डट जिओबी डट एनपी नामक वेबसाइट खोलेको छ। वेबसाइटमार्फत बुकिङ गर्न सकिनेछ। प्राविविधक समस्याका कारण वेबसाइट नखुलेमा जसले पहिले टिकट लिन्छ, उसलाई प्राथमिकता दिएर धरहरा चढ्न दिइने अधिकारीले बताए।

अधिकारीका अनुसार यो अस्थायी व्यवस्था हो। धरहरा चढ्न तत्कालका लागि निःशुल्क व्यवस्था मिलाइएको हो। पछि शुल्क लिने कि नलिने भन्ने टुंगो लागिनसकेको उनले बताए। अधिकारीका अनुसार धरहरा क्षेत्रमा निःशुल्क पार्किङको पनि व्यवस्था छ। त्यहाँ आठ सय मोटरसाइकल तथा तीन सय गाडी पार्किङ गर्न सकिनेछ। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार धरहराको अवलोकन गरे। सहरी विकास मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार यो अवलोकन तथा निरीक्षण कार्यक्रम मात्र हो, उद्घाटन कार्यक्रम होइन।

Author

Leave A Reply

Your email address will not be published.