४ बैशाख २०८३, शुक्रबार

नलबारी युवा समूह कतारले गर्यो आर्थिक सहयोग

मृगौला पिडित अशोक शाहलाई १ लाख ३२ हजार ३ सय २०

408


बेलबारी ,७ कार्तिक । नलबारी युवा समूह कतारले मृगौला खराब भएर उपचार गराईरहेका अशोक शाहलाई आर्थिक सहयोग गरेको छ ।सोमबार बेलबारी -९ का शाहलाई उक्त समुहले १ लाख ३२ हजार ४ सय २० रुपैया हस्तान्तरण गरेको हो ।

उक्त कार्यको प्रशंशा गर्दै बेलबारी -९ का वडाध्यक्ष सालिग्राम बस्नेतले बिदेशमा रहेका युवाले आफ्नो गास काटेर गाऊँप्रति गरेको परोपकारी कामबाट आफु प्रभावित भएको बताए ।
दुबै मृगौला खराब भएपछि शाहको उपचार गर्न आर्थिक समस्या परेको स्थानीय भरत धिमालले बताएका छन ।सफारी चलाएर परिवार धान्दै आएका शाहलाई उपचार संगै परिवार चलाऊन समेत समस्या रहेको हुदा सहयोगको लागि धिमालले आग्रह समेत गरेका छन् ।

कतारमा रहेका नलबारीका २२ जना युवाले मासिक सय बचत गरि सहयोग गरिरहेको समुहका अध्यक्ष अन्जन राईले बताए ।उक्त संस्थाले दुःखमा रहेका गाऊँवासीको सहयोग संगै विकासका काम पनि गरिरहेको छ ।पछिल्लो समय यो समुहले नलबारी चौकमा सिसि क्यामेरा जडान गरेको थियो ।

Author

Leave A Reply

Your email address will not be published.