भक्तपुरको एक होटलबाट ५ जुवाडे पक्राउ
भक्तपुर । सूर्यविनायक नगरपालिका–१० भातेढिकुरस्थित ‘होटल भ्यू भक्तपुर’मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सोमबार बिहान प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–८ जगाती बस्ने ४७ वर्षीय हरीकृष्ण सिन्ताकलासहित ५ जना रहेका छन् । उनीहरूको साथबाट नगद ३७ हजार २० रूपैयाँ र १२८ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।