३१ भाद्र २०८३, बुधबार

प्रहरीमा भर्ना गरिदिने भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ

68

काठमाडौँ: नेपाल प्रहरीको सहायक निरीक्षक (ASI) पदमा भर्ना गरिदिने प्रलोभन देखाएर १० लाख रुपैयाँ ठगी गर्ने ४६ वर्षीय हरि बहादुर रसाईलीलाई प्रहरीले पक्राउ गरेको छ। पर्वत घर भई हाल काठमाडौँको नयाँबजार बस्ने रसाईलीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार बबरमहलबाट पक्राउ गरेको हो।

उनले लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको पर्खाइमा रहेका एक आवेदकलाई ‘गृहमन्त्रालयका विशिष्ट अधिकारीसँग सेटिङ मिलाएर नाम निकालिदिने’ भन्दै १० लाख रुपैयाँ आफ्नो बैंक खातामा जम्मा गर्न लगाएर ठगी गरेका थिए। पक्राउ परेका रसाईलीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.