३१ भाद्र २०८३, बुधबार

वीरगंजबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नगदसहित ४ जना पक्राउ

32

पर्सा । पर्साको वीरगंज महानगरपालिका-१० आदर्शनगरबाट प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रूपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत बिहारका २६ वर्षीय सुरज कर्ण, बाराका ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागर कुमार सर्राफ र पर्साका २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोमबार साँझ दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर जाँच गर्दा उक्त परिमाणको रकम फेला पारेको हो।

प्रहरीले प्रदेश २-०३-००३ प ७२१५ र ना.५७ प ५१८२ नम्बरका मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। बरामद रकमको स्रोत नखुलेकाले उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.