३१ भाद्र २०८३, बुधबार

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ५ जना पक्राउ, जापान पठाउने नाममा मात्रै सवा २ करोड ठगी

35

काठमाडौं । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाई करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा प्रेम पुरी, अच्युत दुलाल, करण ऐर, सुनिता श्रेष्ठ र बिर्ख बहादुर विक रहेका छन्। पक्राउ परेका मध्ये मोरङका ३६ वर्षीय प्रेम पुरीले जापान पठाइदिने भन्दै ११४ जना पीडितहरूबाट २ करोड २५ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

यस्तै, अच्युत दुलालले क्यानडा पठाउने भन्दै ३७ लाख, करण ऐरले ६ लाख, सुनिता श्रेष्ठले ३ लाख ५० हजार र बिर्ख बहादुरले १ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.