१३ श्रावण २०८३, बुधबार

कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

39

धनगढी । कैलालीमा १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका-३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरी रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

राहुलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.