१५ श्रावण २०८३, शुक्रबार

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

33

१७ असार, काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव एवं वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त हुनुभएको छ । कुलपति वालेन्द्र शाहले थापालाई सो पदमा नियुक्त गर्नुभएको हो ।

यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्के नियुक्त हुनुभएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित सिफारिस समितिले आवेदनहरूको मूल्यांकन र अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस गरेको थियो, जसमध्येबाट थापा र मास्के छानिनुभएको हो ।

नवनियुक्त अध्यक्ष थापाले निजामती सेवामा चार दशकभन्दा बढी समय बिताउनुभएको छ । उहाँले शहरी विकास, शिक्षा, पर्यटन र जल तथा ऊर्जा आयोगमा सचिवको रूपमा काम गरिसक्नुभएको छ । राष्ट्रिय शहरी विकास रणनीति र भूकम्पपछिको पुनर्निर्माणमा समेत उहाँको महत्वपूर्ण भूमिका रहेको थियो ।

विश्वविद्यालय सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउन यी नियुक्तिहरू गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.