१५ श्रावण २०८३, शुक्रबार

परीक्षा प्रणालीमा सुधारः छिटो नतिजा प्रकाशनले शिक्षा क्षेत्रमा सुशासनको सङ्केत

59

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले परीक्षा प्रणाली र प्रशासनिक सेवामा उल्लेखनीय सुधार भएको जनाएको छ। मन्त्रालयका अनुसार एकीकृत कार्यतालिका र डिजिटल सुशासनको अवधारणा लागू भएसँगै नतिजा प्रकाशनको समय निकै छोटिएको छ।

यस वर्ष एसइईको नतिजा परीक्षा सकिएको २९ दिनमै र कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक गरिएको छ। यस्तै, विश्वविद्यालय र सीटीईभीटीले पनि परीक्षा सकिएको दुई महिनाभित्र नतिजा निकाल्ने लक्ष्यका साथ काम गरिरहेका छन्।

मन्त्रालयले वैदेशिक अध्ययन अनुमति (एनओसी) र समकक्षता प्रमाणपत्र वितरण प्रक्रियालाई पनि सहज र प्रविधिमैत्री बनाएको छ। शिक्षकहरूको क्षमता विकासका लागि ‘सिकाइ चौतारी’ एप सञ्चालनमा ल्याइएको छ। यी सुधारहरूले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहको गुणस्तर बढाएको मन्त्रालयको दाबी छ।

Author

Leave A Reply

Your email address will not be published.