नतिजा प्रकाशनमा हतार गरिएको छैन, छानबिनका लागि समिति गठन: शिक्षामन्त्री
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरिएको स्पष्ट पारेका छन्। मन्त्री पोखरेलले आवश्यक जनशक्ति थपेर र प्रशासनिक प्रक्रिया छोट्याएर मात्र समयमै नतिजा ल्याइएको दाबी गरे।
नतिजा प्रक्रियाबारे उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि मन्त्रालयले एक समिति समेत गठन गरेको छ। उक्त समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण र डाटा इन्ट्रीको भेरिफिकेसन गर्नेछ। मन्त्री पोखरेलले आन्दोलनरत विद्यार्थीमाथि अपमानजनक टिप्पणी नगर्न आग्रह गर्दै शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने उनीहरूको अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्।