१ आश्विन २०८३, बिहीबार

जेठ महिनामा २ हजार १ सय ८२ जना फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल

97

काठमाडौं । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार १ सय ८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशबाट ५ सय ३९ जना र बागमती प्रदेशबाट ३ सय ६० जना रहेका छन्।

पक्राउ परेका प्रतिवादीहरूबाट कुल ८ सय ७ वर्ष १ महिना कैद सजाय कार्यान्वयनमा ल्याइनुका साथै २३ करोड ४४ लाख ४३ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। कर्तव्य ज्यान, बैंकिङ कसुर, ठगी र लागूऔषध जस्ता गम्भीर मुद्दामा सजाय ठहर भई फरार रहेकाहरूलाई विशेष अभियानमार्फत कानुनी दायरामा ल्याइएको हो।

Author

Leave A Reply

Your email address will not be published.