सुरक्षाकर्मीले ब्याग बोकेको समाचारको प्रधानमन्त्री बालेनपत्नी सबिना काफ्लेद्वारा खण्डन
काठमाडौं । चितवनबाट काठमाडौं फर्किने क्रममा सुरक्षाकर्मीले आफ्नो ब्याग बोकेको भनी सार्वजनिक भएका समाचार र फोटोप्रति प्रधानमन्त्री बालेनपत्नी सबिना काफ्लेले गम्भीर आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले उक्त ब्याग सुरक्षाकर्मीकै निजी भएको र आफ्नो नभएको स्पष्ट पारेकी छन्।
घटनाको सत्यता नबुझी आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले नियोजित रूपमा समाचार सम्प्रेषण गरिएको उनको आरोप छ। ‘नयाँलाई हेर्ने पुरानो दृष्टिकोण’ अझै परिवर्तन नभएको भन्दै उनले मिडियाले जिम्मेवार बनेर तथ्यपरक समाचार लेख्नुपर्नेमा जोड दिएकी छन्। यस्ता भ्रामक समाचारले मानहानी हुने भन्दै उनले पत्रकारहरूलाई सुधारिन र मर्यादित बन्न आग्रहसमेत गरेकी छन्।