कक्षा १२ नतिजा विवाद: विद्यार्थीहरू माइतीघरमा उत्रिँदै
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। रञ्जित कार्की, साहिल रिजाल लगायतका विद्यार्थीहरूको नेतृत्वमा हुन लागेको यस प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमतिसमेत प्राप्त भइसकेको छ।
विद्यार्थीहरूले नतिजाको निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ र मूल्याङ्कन प्रक्रियामा पूर्ण पारदर्शिताको माग गरेका छन्। नतिजामा आएको भिन्नताले गर्दा विद्यार्थीहरू छात्रवृत्तिबाट वञ्चित भएको र मानसिक तनावमा रहेको आयोजकहरूको दाबी छ। माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने उनीहरूले चेतावनी दिएका छन्।