३० जना प्रहरीलाई विपद् व्यवस्थापन तालिम प्रदान
नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुशीले ३० जना प्रहरी कर्मचारीलाई ४५ दिने ‘विपद् व्यवस्थापन आधारभूत तालिम’ प्रदान गरेको छ। ३९औँ समूहअन्तर्गत वैशाख ३ गतेदेखि सञ्चालित तालिममा ४ प्रहरी सहायक निरीक्षक, ३ सहायक हवल्दार र २३ जवान सहभागी थिए।
बिहीबार आयोजित समापन कार्यक्रममा प्रहरी उपरीक्षक सन्तोष आचार्यले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै विपद् उद्धारका क्रममा संवेदनशील, साहसी र अग्रसर भएर जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो।