३० जेष्ठ २०८३, शनिबार

मन्त्रिपरिषद् बैठक आज ११ बजे बस्दै

13

काठमाडौँ । प्रधानमन्त्रीको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज (मङ्गलबार) बिहान ११:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

आज जेठ २६ गते बस्ने यस बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरू तथा समसामयिक राजनीतिक एवं प्रशासनिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा देशको पछिल्लो अवस्था र सरकारका आगामी योजनाका बारेमा समेत छलफल हुनेछ ।

Author

Leave A Reply

Your email address will not be published.