नदी किनारका सुकुम्बासी बस्ती खाली गराइयो, १४४ परिवार होटलमा सारिए
काठमाडौँ: सरकारले काठमाडौंका नदी किनार र सार्वजनिक जग्गामा रहेका जोखिमपूर्ण बस्ती खाली गराउने क्रममा आज बिहान थापाथलीको बस्ती हटाएको छ । स्थानीयको सहयोगमा भएको यो स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको हो ।
हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । उनीहरूलाई दशरथ रंगशालामा विवरण सङ्कलन गरी तत्कालका लागि विभिन्न होटलहरूमा बस्ने व्यवस्था मिलाइएको छ । उनीहरूको घरायसी सामानहरू सुन्दरीघाट र रंगशालामा सुरक्षित रूपमा भण्डारण गरिएको छ । कागेश्वरी मनोहरा क्षेत्रको बस्ती खाली गराउने योजना भने आजका लागि रोकिएको छ ।