३ बैशाख २०८३, बिहीबार

प्रहरीको काममा कुनै हस्तक्षेप हुँदैन, निर्धक्क भएर जिम्मेवारी निभाउनुहोस्: गृहमन्त्री गुरूङ

31

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले सोमबार नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निष्ठाका साथ काम गर्न निर्देशन दिनुभएको छ । निरीक्षणका क्रममा उहाँले प्रहरीको भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री गुरूङले कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, एआई सेल र डाटा सेन्टर लगायतका अत्याधुनिक प्रविधिको अवलोकन गर्नुभएको थियो । सीमित स्रोतसाधनका बाबजुद प्रहरीले उत्कृष्ट काम गरिरहेको चर्चा गर्दै उहाँले नागरिक र प्रहरीबीचको दूरी घटाउन शिष्ट बोली र व्यवहारमा जोड दिनुभयो । उहाँले प्रहरीको वृत्ति विकास र सांगठनिक सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । त्यस्तै, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृहमन्त्रीको निर्देशनले संगठनको मनोबल बढेको बताउँदै कानुनको सर्वोच्चता र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहने विश्वास दिलाउनुभयो ।

Author

Leave A Reply

Your email address will not be published.