४ आश्विन २०८३, आईतवार

वीरगञ्जको गोदाममा छापा मार्दा झडप, तीन सशस्त्र प्रहरी घाइते

157

वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरस्थित प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ को गोदाममा सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। राजस्व छलीको सूचनाका आधारमा पुगेको टोलीसँग स्थानीय व्यापारीहरूको झडप भएको हो।

झडपका क्रममा ढुङ्गामुढा हुँदा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् भने प्रहरीको एउटा गाडीमा क्षति पुगेको छ। व्यापारीहरूले सामानको बिल हुँदाहुँदै प्रहरीले दु:ख दिएको आरोप लगाएका छन्। सशस्त्र प्रहरीले गोदामबाट करिब ५ लाख रुपैयाँ बराबरका ५ पोका साडी तथा कुर्ता-सुरुवाल नियन्त्रणमा लिएको छ। हाल उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.