४ आश्विन २०८३, आईतवार

उडेको ४ मिनेटमै टर्किस एयरको इन्जिनमा आगलागी, कोलकातामा सुरक्षित अवतरण

172

काठमाडौं, २१ माघ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएको छ । बुधबार दिउँसो १:२८ बजे उडेको ४ मिनेटमै उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाजको दायाँ इन्जिनमा आगलागी भएको हो ।

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार २ सय २५ यात्रु सवार उक्त वाइड बडी जहाजको इन्जिनमा आगो देखिएपछि चालकदलले दायाँ इन्जिन बन्द गरी जहाजलाई भारतको कोलकाता डाइभर्ट गरेका थिए ।

आगलागीको खबरलगत्तै त्रिभुवन विमानस्थल १५ मिनेट पूर्ण रूपमा बन्द गरी आपतकालीन तयारी गरिएको थियो । जहाज अहिले कोलकातामा सुरक्षित अवतरण भइसकेको छ भने त्रिभुवन विमानस्थलको उडान सेवा पनि सामान्य अवस्थामा फर्किएको छ ।

Author

Leave A Reply

Your email address will not be published.