४ आश्विन २०८३, आईतवार

गुल्मीमा बाबुद्वारा ३ महिनाका छोराको हत्या

174

गुल्मी: गुल्मीमा एक व्यक्तिले आफ्नै नाबालक छोराको हत्या गरेका छन्। जिल्लाको इश्मा गाउँपालिका–२ छल्दीटार बस्ने ४६ वर्षीय सन्त बहादुर कुमालले ३ महिनाका छोरा सुवास कुमालको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सन्त बहादुरले बुधबार राति मादक पदार्थ सेवन गरी छोराको हत्या गरेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हस्तिचौरबाट खटिएको टोलीले उनलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

Author

Leave A Reply

Your email address will not be published.