५ आश्विन २०८३, सोमबार

निर्वाचन प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा ‘जेन-जी’ युवाहरूको प्रदर्शन

186

काठमाडौँ – समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा राजनीतिक दलहरूको घुइँचो लागिरहँदा केही ‘जेन-जी’ (Gen-Z) युवाहरूले भने निर्वाचन प्रक्रिया नै रोक्न माग गर्दै प्रदर्शन गरेका छन्।

अजय सोडारी लगायतका युवाहरूको समूहले आयोगको कार्यालय पुगेर ‘निर्वाचन धोका हो’, ‘निर्वाचन प्रक्रिया बन्द गर’ र ‘भ्रष्टलाई कारबाही गर’ जस्ता नाराबाजी गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले सुशीला कार्कीको राजीनामा माग गर्नुका साथै प्रहरी दमनको समेत विरोध गरेका छन्।

यसअघि पनि सोडारी र मिराज ढुंगानासहितको टोलीले माइतीघर मण्डलामा प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए। आज समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम म्याद भएकाले आयोगमा दलहरूलाई भ्याइनभ्याइ भइरहेका बेला यो विरोध प्रदर्शन भएको हो।

Author

Leave A Reply

Your email address will not be published.