५ आश्विन २०८३, सोमबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङका सुजन आले मगर पक्राउ

188

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–१३ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने २४ वर्षीय सुजन आले मगर रहेका छन् ।

मगरले एक व्यक्तिलाई अमेरिका पठाउने र त्यहाँ आकर्षक कमाइ हुने प्रलोभनमा पारी पटक–पटक गरी २ लाख ५५ हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि उनी पीडितको सम्पर्कबाट टाढा भएका थिए । आफू ठगिएको महसुस गरेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई आइतबार काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन प्रहरीले सर्वसाधारणमा आग्रह समेत गरेको छ ।

Author

Leave A Reply

Your email address will not be published.