५ आश्विन २०८३, सोमबार

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा धनकुटामा एक जना पक्राउ

195

धनकुटा: १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धनकुटाका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने २९ वर्षीय मान बहादुर राई रहेका छन्।

राईले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार साँझ नियन्त्रणमा लिएको हो।

पक्राउ परेका राईमाथि घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.