५ आश्विन २०८३, सोमबार

गोकर्णेश्वरका पूर्वमेयर तथा पूर्वसांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

245

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) तथा पूर्वसांसद सन्तोष चालिसेविरुद्ध ३ करोड ६८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ।

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अनुसन्धानका क्रममा चालिसे मेयर हुँदा (२०७४ देखि २०७९ सम्म) को आयव्यय विवरण हेर्दा उनको बैधानिक आय ४ करोड ८८ लाख ३५ हजार ८ सय ३३ रुपैयाँ देखिएको थियो। तर, सोही अवधिमा उनको खर्च तथा लगानी भने ८ करोड ५६ लाख ८३ हजार ५ सय ९५ रुपैयाँ भेटिएको छ।

आम्दानी र खर्चको हिसाब गर्दा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ को स्रोत नखुलेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी मुद्दा चलाइएको हो। सम्पत्ति जफत प्रयोजनका लागि उनकी श्रीमती मन्दिरा, छोराहरू सागर र सन्जीव तथा बुहारी प्रमिला पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.