५ आश्विन २०८३, सोमबार

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ

178

ढकारी (अछाम) । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अछामको ढकारी गाउँपालिका-२, बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउद रहेका छन् ।

साउदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।

यस घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.