५ आश्विन २०८३, सोमबार

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

198

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने प्रलोभन देखाइ रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने ३३ वर्षीय भिम बहादुर महर रहेका छन् ।

महरले एक जना पीडितलाई पोर्चुगलमा आकर्षक तलब हुने काममा पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काठमाडौंको सुकेधाराबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका महरलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.