५ आश्विन २०८३, सोमबार

अल्बानिया र क्रोएसिया पठाइदिने भन्दै १९ लाख ७० हजार ठगी गर्ने दुई जना पक्राउ

189

वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक अल्बानिया र क्रोएसिया पठाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा र काभ्रे घर भई हाल काठमाडौं बस्दै आएका व्यक्तिहरू रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका-३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने ३० वर्षीय प्रवेश पोखरेल र काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-९ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा बस्ने ४५ वर्षीय ईश्वर राना रहेका छन् ।

Author

Leave A Reply

Your email address will not be published.